काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित बढ्दो क्रम जारी रहेको छ । बिहीबार २५ हजार ७९० जना संक्रमित थपिएका छन् ।
योसंगै ७ लाख ९४ हजार ८४२ जना संक्रमित पुगेका छन् । पछिल्लो समय संक्रमित थपिने उच्च रहे पनि निको हुनेको संख्या पनि उच्च नै रहेको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार ४०७ जनालई निको भएको छ । निको हुनेको संख्या ४ लाख ९५ हजार ९६० पुगेको छ ।
मृतक ४७९ थपिएका छन् । कुल मृतकको संख्या २१ हजार ६२३ पुगेको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ६हजार ८७५ संक्रमित थपिएर कुल संक्रमित २ लाख ३० हजार ५९९ पुगेका छन् । त्यहाँ बिहीबार २१९ जनाको ज्यान गएको छ । ज्यान गुमाउने ९ हजार ६६७ जना पुगेका छन् ।
तमिलनाडुमा ६५ थपिएर १ हजार ७६५ पुगेका छन् भने दिल्लीमा ४५ थपिएर ३ हजार २५८ पुगेका छन् ।