काठमाडौं। मालवस्तु ढुवानी गर्ने सवारी साधनलाई सरकारको अनुगमन प्रणालीमा प्रविष्ट नगरी ढुवानी गर्ने फर्मलाई सरकारले जरिवाना गरेको छ।
राजश्व अनुसन्धान विभागले आफ्नो अनुगमन प्रणाली ‘भेइकिल एण्ड कन्साइन्ट ट्रेकिङ सिस्टम’(भिसिटिएस)मा प्रविष्ट नगराई मालवस्तु ढुवानी गर्ने फर्महरुलाई ३० लाख ७५ हजार रुपैयाँ जरिवाना गरेको हो। भिसिटिएसमा ढुवानी गर्ने सवारी साधन नम्बर, मालवस्तुको जानकारी एवं विलविजक प्रविष्ट गरीकनै ढुवानी गर्ने १४ वटा फर्महरुलाई जरिवाना गरिएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको हो।
विभिन्न १४ वटा फर्महरुले अनुगमन प्रणालीमा प्रविष्ट नगराइकनै विक्री वितरण समेत गरेको पाइएकाले विभागले राजश्व चुहावट तथा नियन्त्रण ऐन २०७६को दफा १४ अनुसार जरिवाना गरिएको विभागले जानकारी दिएको छ।