काठमाडौं । पुलिस इन्काउन्टरमा मारिएको भारतीय ग्याङस्टर विकास दुबेको कमाइ कति छ भन्ने यकिन छैन । उत्तर प्रदेशको कानपुरमा टाउकाको मोल ५ लाख भारु राखिएको दुबेलाई शुक्रबार पुलिसले इन्काउन्टरमा मारेको थियो ।
तीन वर्षको अवधिमा १० देश घुमिसकेको दुबेको कालोधन बारे अनुसन्धान भइरहेको छ । कानपुर रेन्जका आइजी मोहित अग्रवाललाई ६ जुलाईमा एक पत्र पनि प्राप्त भएको थियो । प्रवर्तन निर्देशालय (इडी)को एक टिमले सम्पत्तिको पूर्व विवरणका लागि आइजीसंग पनि छलफल गरिसकेको छ ।
विभिन्न सूत्रहरुका अनुसार मुद्रा अपचलनको मुद्दा दर्ता हुने सम्भावना पनि रहेको छ । इडीले दुबे र उसका ग्याङका मानिसहरुको सम्पत्तिको जाँच गरिरहेको छ ।
दुबेले थाइल्याण्ड र दुबईमा समेत लगानी गरेको दावी गरिएको छ । इडीको टिमले दुबे र उसको परिवारको नाममा सम्पत्ति भएको बारेमा उनीहरुसंग र सहयोगीहरुसंग भेटेर सोधपुछ गरिरहेको छ ।
दुबेले दुबई र थाइल्याण्डमा करोडौं रुपैयाँको सम्पत्ति किनेको पनि दावी गरिएको छ ।
लखनउमा दुबेले हालै २० करोड भारुको घर समेत किनेको थियो । दुबेका नाममा कानपुरको ब्रम्हानगर, आर्यनगरको एक अपार्टमेन्टमा फ्ल्याट र पनकीमा एक कोठी रहेको पनि बताइएको छ ।
दुबेलाई लिएर प्रहरीले कानपुर लिएर जाँदै गर्दा शुक्रबार बिहान एसटीएफको गाडी दुर्घटनाग्रस्त भएपछि पुलिसको पेस्टोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा पुलिसले गोली चलाएर मारेको थियो ।
दुबेलाई बिहीबार प्रहरीले उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।
आठ पुलिसको हत्या गरी फरार ग्याङस्टर विकास दुबेलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको थियो । भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी दुबे महाकाल मन्दिर दर्शन गर्न गएका प्रहरीले पक्राउ गरेको थियो ।
उत्तर प्रदेश पुलिसको टिमले दुबेलाई पछिल्लो ६ दिनदेखि खोजी गरिरहेको थियो ।
मन्दिरमा पुगेर विकास दुबे चिच्यायो, भन्यो – म विकास दुबे हुँ
मन्दिरको सुरक्षा टिमले संदिग्ध मानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थाना पुलिसलाई सूचना दिएको थियो ।
भारतीय संचारमाध्यमहरुका अनुसार विकास दुबे मन्दिर पुगेर आफू विकास दुबे भएको बताउँदै चिच्याएको थियो । त्यसपछिमात्र सुरक्षाकर्मीले पक्राउ गरेको थियो ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दुबे पुलिस गिरफ्तारीमा रहेको बताए । उनले गिरफ्कतारी कसरी भएको भन्ने बारेमा बताउनु उपयुक्त नहुने बताएका छन् ।
दुबेलाई गिरफ्तार गर्न ३ थानाका पुलिस गत जुलाई २ तारिखमा बिकरु गाउँको दबिश गएका थिए । तर विकासको ग्याङले ८ सुरक्षाकर्मीको हत्या गरेको थियो ।
त्यसपछि निरन्तर पुलिसले खोजेको भए पनि दुबेलाई फेला पार्न सकेको थिएन ।
दुबेको नाममा ५ लाख भारु टाउकाको मोल तोकिएको थियो ।