काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । काठमडौं १० का वर्ष ६० का पुरुषको, सिन्धुपाल्चोकका ४५ वर्षका पुरुषको र काठमाडौं गोकर्ण ४ का ५४ वर्षका एक पुरुषको उपचारका क्रममा कोरोनाबाट मृत्यु भएको हो ।
कोरोना संक्रमित १६ हजार ७१९ पुगेका छन् । शनिबार भने ७० जनामात्र संक्रमित थपिएका छन् ।
त्यसअघि शुक्रबार ११८ जना थपिएका थिए । पीसीआर परीक्षण निकै कम गर्दै गएका कारणले गर्दा संक्रमित घट्दै गएको दावी चिकित्सकहरु गर्दछन् ।
अहिलेसम्म ८ हजार ४४२ जनालई निको भएको छ । शनिबार ४३१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार २३९ जनामा कोरोना सक्रिय रहेको बताएको छ ।