काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणले रेकर्ड नै बनाएको छ । बिहीबारदेखि लगातार तीन दिनमा करिब दुई लाख संक्रमित भएका छन् ।
बिहीबार ६१ हजार ६७, शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ७१ हजार ७८७ जना र शनिबार ६१ हजार ७१९ जना संक्रमित भएका छन् ।
कोरोना कम हुने अपेक्षा गरिएका बेलामा अमेरिकामा निकै नै बढेको हो ।
अहिलेसम्म अमेरिकामा ३३ लाख ५५ हजार ६४६ जना संक्रमित हुँदा १ लाख ३७ हजार ४०३ जनाको ज्यान गएको छ । शनिबार ७३२ को ज्यान गएको छ ।
अमेरिकामा ४ करोड १७ लाख ७० हजार ३३६ मानिसको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म १४ लाख ९० हजार ४४६ जनालाई निको भएको छ ।
५८ हजार ८३१ जना गम्भीर घाइते भएका छन् ।
ट्रम्पले लगाए मास्क
अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुहारमा मास्क लगाएका छन् । उनले पहिलो पटक शनिबार मास्क लगाएका हुन् ।
सार्वजनिक स्थलमा उनले पहिलो पटक मास्क लगाएका हुन् । यसअघि आफूले मास्क नलगाउने बताउँदै आएका थिए ।
वाल्टर रीड मिलिटरी अस्पतालको भ्रमणपछि उनले वासिङटनमा मास्क लगाएका हुन् । उनले त्यहाँ घाइते सिपाही र स्वास्थ्यकर्मीहरुलाई भेटेका छन् ।
ट्रम्पले प्रतिक्रिया दिँदै भनेका छन्, ‘मलाई लाग्छ मास्क लगाउनु ठूलो कुरा हो ।’