काठमाडौं । भारतमा कोराना भाइरस संक्रमित उल्लेख्य बढेका छन् । लगातार दोस्रो दिन २७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार २७ हजार ७६१ जना संक्रमित थपिएकामा शनिबार २७ हजार ७५५ जना संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा ८ लाख ५० हजार ३५८ जना संक्रमित पुगेका छन् ।
मृतकको संख्या २२ हजार ६८७ पुगेको छ । शनिबार ५४३ जनाको ज्यान गएको छ ।
अहिलेसम्म ५ लाख ३६ हजार २३१ जनालाई निको भएको छ । शनिबार १९ हजार ९८७ जनालाई निको भएको थियो ।
भारतमा १ करोड १३ लाख ७ हजार २ जनाको कोरोना परीक्षण भएको छ ।
कुन राज्यमा कति
महाराष्ट्रमा शनिबार ८ हजार १३९ जना संक्रमित भएका छन् । त्यहाँ २ लाख ४६ हजार ६०० संक्रमित पुगेका छन् ।
त्यस्तै २२३ जनाको ज्यान गएको छ । ज्यान गुमाउने १० हजार ११६ जना पुगेका छन् ।
तमिलनाडुमा ३ हजार ९६५ जना थपिएर १ लाख ३४ हजार २२६ संक्रमित पुगेका छन् । मृतक ६९ थपिएर १ हजार ८९८ पुगेका छन् ।
दिल्लीमा १ हजार ७८१ थपिएर १ लाख १० हजार ९२१ पुगेका छन् । मृतक ३४ थपिएर ३ हजार ३३४ पुगेका छन् ।
नेपालसंग जोडिएको बिहारमा ७०९ थपिएर संक्रमित १५ हजार ३९ पुगेका छन् । मृतक ७ थपिएर ११८ पुगेका छन् ।