काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले सबैभन्दा महंगोमा खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट अगष्ट १८ तारिखबाट सुरु हुने भएको छ ।
कोरोना भाइरसको महामारीको कारण अन्योलमा रहेको यस सिजनको सीपीएल अगष्ट १८ बाट सुरु हुने भएको हो । ट्रीनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर २० सम्म हुनेछ ।
प्रतियोगिता बन्द रंगशालामा हुनेछ । यस्तै खेलाडी र आयोजकले सरकारको गाइडलाइन पालना गर्नु पर्नेछ ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।
यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।