arrow

मेस्सीको कीर्तिमानमा जित्यो बार्सिलोनाले 

logo
प्रकाशित २०७७ असार २८ आइतबार
messi57.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाको दावेदारी अझै कायमै रहेको छ । उपाधिको घडी नजिक आउँदा कमजोर हुँदै गएको बार्सिलोनाले शनिबार राति भएको खेलमा रियाल भल्लाडोलिडलाई १(० गोल अन्तरले पराजित गर्यो । 

बार्सिलोनाको जितमा अर्टुरो भिडालले खेलको १५ औं मिनेटमा निर्णायक गोल गरे । लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियाल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । 

बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ ।

अन्य खेलमा ओसासुनाले सेल्टाभिगोलाई २–१ गोलले तथा एथलेटिको मड्रिडले १–० गोलले हरायो । 

स्पानियोल, लेगानेस र मयोर्का रेलिगेशन क्षेत्रमा रहेका छन् । 



लोकप्रिय समाचार
नयाँ