नवलपरासी पश्चिम । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियामा रहेको महालक्ष्मी बहुदेश्यीय सहकारी संस्थामा शुक्रबार राति चोरी भएको छ ।
सहकारी गाउँ भित्र रहेको छ । सहकारी संस्थाको ताल्चा तोडी करिब साढे तीन लाखको चोरी भएको संस्थाले जनाएको छ ।
चोरी गर्ने चोरलाई खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।