बाँके । कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित वनेका जिल्लाका सञ्चारकर्मीहरुलाई नेपाल प्रेस युनियन बाँकेले राहत सामाग्री वितरण गरेको छ ।
यसअघि बसेको युनियनको जिल्ला कार्यसमिति बैठकले ‘कोभिड–१९ राहत कोष’ घोषणा गरी राहत संकलन गरेको थियो ।
युनियनले निर्धारण गरेको मापदण्ड अनुसार तत्कालका लागि कोरोना भाईरस कारण वढी प्रभावित १० जना सञ्चारकर्मीहरुलाई राहत सामग्री उपलब्ध गराएको प्रेस युनियन वाँकेका अध्यक्ष अर्जुण वलीले जनाएका छन् ।
अध्यक्ष वलीका अनुसार राहत प्याकेजमा चामल, दाल, पिठो, तेल, नुन र साबुन प्रदान गरिएको वताईएको छ । उक्त राहत प्याकेज युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले सञ्चारकर्मीलाई हस्तान्तरण गरे ।
कोरोना भाइरसका कारण गरिएको लकडाउनले जिल्लाका सञ्चार माध्यमहरुको अवस्था दयनिय वनेको र त्यहाँ कार्यरत श्रमजिवि पत्रकारहरुलाई अप्ठ्यारो परेकाले त्यसैलाई मध्यनजर गर्दै, राहत वितरण गरिएको अध्यक्ष वलीले बताएका छन् ।
राहत वितरणसंगै प्रेस ज्याकेट समेत उपलब्ध गराईएको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिएका छन् ।