काठमाडौं। इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपाली बजारमा एन्ड्रोईड टिभी भित्राएको छ। नेपालकै पहिलो पटक गुगलबाट मान्यता प्राप्त गर्न सफल एन्ड्रोईड टिभी सिजीले आफ्नै ब्राण्डमा ल्याएको हो।
गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणमा एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो। गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने जनाइएको छ। यस गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई प्रयोग भएको बताइएको छ।
बेजल लेस युक्त यो टिभी धेरै भन्दा धेरै विशेषताहरु रहेका छन। गुगलबाट मान्यता प्राप्त भएको कारण अब तपाई यो टिभीको माध्यमबाट हरेक काम सजिलैसंग गर्न सकिनेछ। यो टिभी सिजीले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर बनाईएको जनाएको छ। बजेट अनुरुप यो टिभी ३२ इन्च देखि ७५ इन्च सम्ममा उपलब्ध छ। साथै यो टिभी सँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ। यो रिमोटको सहायताले हामी बोलेरै लेख्न, आवाज कम वा बढी गर्न, टिभी बन्द गर्न आदी जस्ता थुप्रै फिचरहरु रहेका छन्। यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ।
जसको मद्दतले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने जस्ता बिशेषताहरु रहेको जनाएको छ।
अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ। यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सकिने बताइएको छ। कास्ट बटनको केवल एक प्रयोगले युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेर्न सकिने छ। साथै गुगल प्लेस्टोरको माध्यमबाट नयाँ नयाँ एप र गेम रोजी रोजी डाउनलोड गरी प्रयोग गर्न सकिने जनाएको छ।
गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छन। यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको बताइएको छ। त्यसैगरी अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ। जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव दिलाउने बताइएको छ। कम्पनीले यो टिभीमा ३ वर्षको वारेण्टी प्रदान गरेको जनाएको छ।