arrow

मूल्यबृद्धीको बिरोधमा आयल निगममा नेविसंघको घेराउ

logo
प्रकाशित २०७७ असार २८ आइतबार
nsu-noc-protest.jpg

काठमाडौं। बिपदको समयमा जनतालाई राहत, सहुलियत र सहयोग गर्नुपर्नेमा नेकपा नेतृत्वको सरकारले पेट्राेलियम पदार्थमा बारम्वार मुल्यबृद्धी गरि जनताको ढाड सेक्ने काम गरिरहेको बिरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

नेविसंघ केन्द्रीय समितिले आयल निगम अगाडी बिरोध प्रदर्शन गरेको हो। मूल्यबृद्धीको बिरोधमा नेबिसंघका नेता कार्यकर्ताहरुले टाउकोमा कालो पट्टी वाँधेर प्रदर्शन गरेका थिए। कमिशन र भ्रष्टाचारमा चुर्लुम्म डुवेको सरकारले जनताका समस्यामा नजरअन्दाज गरेको बिरोधमा प्रदर्शन गरेको अध्यक्ष राजिव ढुंगानाले बताए। जनताको पीडामा बाँसुरी बजाइरहेको सरकार बिरुद्ध खबरदारी गर्न दवावमूलक कार्यक्रम गरिएको महामन्त्री वलदेव तिमिल्सिनाले बताए। सरकारले जनताको ढाड सेक्ने काम जारी राखे थप बिरोधका कार्यक्रम ल्याउने अर्का महामन्त्री युवराज पाण्डेले बताए।



लोकप्रिय समाचार
नयाँ