काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मदिरा बेच्न प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अफ्रिकाले उक्त प्रतिबन्ध लगाएको जनाएको छ ।
रात्रिकालीन समयमा कर्फ्यु लगइएको छ भने बाहिर निस्कँदा मास्क अनिवार्य गरिएको छ ।
राष्ट्रपति कारिल रामाफोसाले दोस्रो पटक राष्ट्रमा गरिएको मदिरा प्रतिबन्धले राष्ट्रिय स्वास्थ्य प्रणालीलाई दबाउन मद्धत पुग्ने बताए ।
दक्षिण अफ्रिकामा आइतबार मात्र १२ हजार ५८ संक्रमित थपिएका छन् । त्यहाँ जम्मा संक्रमित २ लाख ७६ हजार २४२ पुगेका छन् ।
१०८ जनाको आइतबार मात्रै ज्यान गएको छ । मृतकको संख्या ४ हजार ७९ पुगेको छ ।