नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही बस्ने अलाउदिन अन्सारीको १० बर्षिय छोरा आइतबार दिउँसो सोही ठाउँ बस्ने हनिफ मियाँको गोठ पछाडि जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
पानीमा डुबेर घाइते भएका बालकलाई उपचारको लागी शहिद स्मृति सामुदायिक अस्पताल चौपता लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
यसैगरी प्रतापपुर गाउँपालिका २ सोनबर्षा गाउँको खजुरा खोलामा एक वर्षीय बालकको शव फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।