arrow

एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बढेको कम्पनीको दावी

logo
प्रकाशित २०७७ असार २९ सोमबार
cg-lg-electronic.jpg

काठमाडौं। वर्षायामको सुरुवात भएसँगै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बढेको एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सिजी. इम्पेक्स प्रा.लीले जनाएको छ।

१० वर्ष वारेण्टी, एलर्जी मुक्त, स्टिम,  ६ मोसन डिरेक्ट ड्राईभजस्ता विशेषता सो वासिङ मेसिनको रहेको बताइएको छ। एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन्। जसमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने क्षमता रहेको जनाइएको छ। जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिने कम्पनीको दावी रहेको छ।



लोकप्रिय समाचार
नयाँ