arrow

तर्ने क्रममा खोलाले बगायो, बगरमा भेटियो धावाको शव

logo
प्रकाशित २०७७ असार २९ सोमबार
dead2.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककको झ्याडी खोलाले बगाएर सोमबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् ।

खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी  छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ