काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो क्रममा रहेको छ । पछिल्ला केही दिनदेखि यो क्रम झन् बढ्दो छ ।
सोमबार २८ हजार १७९ कोरोना संक्रमित थपिएका छन् । आइतबार २९ हजार १०८ तथा शनिबार २७ हजार ७५५ जना संक्रमित थपिएका थिए ।
मृत्यु पनि बढ्दै गएको छ । शनिबार ५४३, आइतबार ५०० र सोमबार ५४० जनाको ज्यान गएको छ ।
संक्रमण र मृत्युमा भारत विश्वका सबै देशसंग तुलना गर्दा २४ घण्टामा भारत उच्च संक्रमण र मृत्युमा दोस्रो स्थानमा रहेको छ ।
भारतअघि अमेरिकामात्र रहेको छ । समग्रमा ब्रजिल तेस्रो स्थानमा रहेको भए पनि सोमबार भने भारतले ब्रजिललाई २४ घण्टामा बढेको दरमा उछिनेको हो ।
भारतमा अहिलेसम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित पुगेका छन् । मृतकको संख्या २३ हजार ७२७ पुगेको छ ।
निको हुनेको संख्या ५ लाख ७२ हजार ११२ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६८३ जना डिस्चार्ज भएका छन् ।