काठमाडौं । बार्सिलोनालाई निराश पार्दै रियाल मड्रिड स्पेनिश ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।
सोमबार राति ग्रानाडालाई उसकै मैदानमा २–१ गोल अन्तरले हराउँदै रियाल उपाधिको नजिक पुगेको हो ।
फिरल्याण्ड मिन्डेले १० औं मिनेटमा रियाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि करिम बेन्जिमाले गोल गर्दै रियाललाई २–० ले अघि बढाएका थिए । ५० औं मिनेटमा डर्विन माचिसले एक गोल फर्काएका थिए ।
यो जितसंगै रियालले उपाधि लगभग सुरक्षित गरेको छ । अब दुई खेल खेल्न मात्र बाँकी छ यो सिजनमा । एक खेल जित्दा पनि उपाधि सुरक्षित हुनेछ ।
जिनेदिन जिदान नेतृत्वको रियालले लिगमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । रियालले बार्सिलोनासंग ४ अंकको अग्रता बनाएको छ
हेड टु हेडमा समेत रियाल अगाडि छ । रियालको ३६ खेलबाट ८३ अंक छ । बार्सिलोनाको ७९ अंक छ ।