नेपालगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली घुससहित पक्राउ परेका छन् ।
ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय रुपैयाँ घुस लिदै गर्दा ओलीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।
ओलीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको गैरेले बताए ।