काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले तेस्रो स्थानलाई बलियो पकड बनाउनतिर लागेको छ ।
लिगको ३६ औं चरणमा खेल भइरहँदा चेल्सीले लिगको पुछारमा रहेको नर्विच सिटीमाथि १–० गोलको कठिन जित निकालेर तेस्रो स्थानलाई बलियो बनाएको हो ।
खेलमा ओलिभर जिरुले निर्णायक गोल गरे । मंगलबार राति भएको खेलको नतिजाले च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई राहत दिएको छ ।
पहिलो हाफको ईन्जुरी समयमा जिरुले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।
अंक तालिका
लिभरपुल ३५ खेल ९३ अंक ।
म्यान्चेष्टर सिटी ३५ खेल ७२ अंक ।
चेल्सी ३६ खेल ६३ अंक ।
लेस्टर सिटी ३५ खेल ५९ अंक ।
म्यान्चेष्टर युनाइटेड ३५ खेल ५९ अंक ।
वुल्भरह्याम्पछन ३५ खेल ५५ अंक ।
एएफसी बर्नमाउथ ३५ खेल ३१ अंक ।
एस्टन भिल्ला ३५ खेल ३० अंक ।
नर्विच सिटी ३६ खेल २१ अंक ।