काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने फैसला फिर्ता गर्न वाध्य भएका छन् । उनी विदेशी विद्यार्थीलाई सम्बन्धित देशमा फिर्ता पठाउने (डिपोर्ट) योजनाबाट पछि हटेका हुन् ।
ट्रम्प प्रशासनले गत हप्ता पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएको थियो ।
यसको चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन पछि हटेको दि न्यूयोर्क टाइम्सले लेखेको छ ।
सरकारको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी ९एमआइटी० ले अदालतमा मुद्दा हालेका थिए ।
तर ट्रम्प प्रशासनले निर्णय फिर्ता लिएपछि हार्वर्ड र एमआइटीले दायर गरेको मुद्दा सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताएका छन् ।