arrow

कांग्रेसका पालामा बनेका २२ पुलले नै जोड्यो सुदूरपश्चिमलाई – डा महत

ती दिन सम्झे सुदूरपश्चिमका कांग्रेसी नेताहरुले जसले बनाए राष्ट्रिय राजनीतिमा पहिचान

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
zoom-ramsharan.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले काङ्ग्रेस  वर्तमान सरकार जस्तो हावादारी प्रचार गर्ने पार्टी नभएको बताएका छन् । 

बुधबार सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता समाजको आयोजनामा  प्रजातन्त्र पुनर्बहालीपछि सुदुर पश्चिम र काङ्ग्रेसको भुमिका विषयक जुम मिटिङमा बोल्दै डा महतले वर्तमान सरकार जस्तो कपोकल्पित र उडन्ते कुराका भरमा विकास गर्ने पार्टी नभएर काम गरेर देखाउने पार्टी भएको बताएका हुन् । 

२२ वटा पुलको निर्माण गरी सुदूर पश्चिमलाई एक ठाउँ जोड्ने काम काङ्ग्रेसकै पालामा भएको डा।महतले बताए ।  शिक्षा, स्वास्थ, खानेपानी ,सडक, बिजुली ,सञ्चार र  पूर्वाधारका कामहरुले काङ्ग्रेस सरकारमा भएको समयमा  फड्को मारेको उनले दाबी गरे । 

वर्तमान सरकार काङ्ग्रेस सरकारका हुँदा ल्याएका  दुरगामी योजनालाई परास्त गर्दै भ्रष्टाचारतर्फ उन्मुख हुँदै गएको समेत डा। महतले आरोप लगाए । 

त्यस्तै कार्यक्रममा बोल्दै काङ्ग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मन्त्री एनपी साउदले काठमाडौंबाट सुदुरपश्चिमको दूरी नजिक बनाउन  काङ्ग्रेसले ठूलो भुमिका खेलेको बताए । प्रजातन्त्र पश्चात  काङ्ग्रेसले सरकारको नेतृत्व गर्दा कर्णाली पुलको निर्माण भएसंगै दूरी नजिक भएको उनले बताए ।

 त्यस्तै काङ्ग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सत्यतालाई जनताले चिन्न नसके अधिनायकवाद , लूटतन्त्र, भ्रष्टाचार बढ्दै जाने बताए । 

केपी ओलीले नेतृत्व गरेको अढाई बर्षको समय जनताको हितमा भन्दा  कमिसन, घुसखोरी र कार्यकर्ता पोस्नमा गएको बलायरले आरोप लगाए। विषम परिस्थितिमा  भ्रष्टाचार र पार्टीको भाग वण्डाको लडाइँ लाग्नु दुस्खद भएको उनले बताए ।

त्यस्तै सोही कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्य बद्री पाण्डेले काङ्ग्रेस र सुदुर पश्चिमको सम्बन्ध प्राकृतिक रहेको बताए । 

आफुले १० बर्षको उमेरमा जिल्ला छोडेर हप्तौं दिन लगाएर अर्को जिल्ला पढ्न गएको स्मरण गर्दै  गाउँ गाउँमा विद्यालय खोल्ने नीति काङ्ग्रेसले ल्याएका कारणले घरमा बसेर उच्च शिक्षा हासिल गर्न सकिने उनले भने  ।    

त्यस्तै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले सम्झे, ‘कैलालीबाट कन्चनपुर जाँदा भारत भएर जानु पर्थ्यो ।’ ती दिनको अन्त्य काङ्ग्रेसले गरेको बताउँदै सुदुर पश्चिम ४ ‘ज’ को संगम (जल, जमिन, जङ्गल र जनशक्ति)  भरपुर सदुपयोग गर्न सके विकासले काँचुली फेर्ने लेखकले बताए ।      

जुम मिटिङमा बोल्ने अधिकांश नेता कार्यकर्ताहरुले सुदुर पश्चिमको विकासमा काङ्ग्रेसको उल्लेख्य भुमिका  रहेको बताए थिए ।  

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सहमहामन्त्री मनोजमणि आचार्यको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन काङ्ग्रेस युवा नेता शोपान सिंह बोहराले गरेका थिए ।

 

 



लोकप्रिय समाचार
नयाँ