arrow

गैँडाकोटका ५ सुरक्षाकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण

logo
प्रकाश भण्डारी, 
प्रकाशित २०७७ साउन १ बिहिबार
covid-test-positive-corona.jpg

गैँडाकोट नवलपुर । गैंडाकोट नगरपालिकामा बिहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय शम्सेर माविमा असार ३० गते संकलन गरिएको स्वावमा ५ जना सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टी भएको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताए ।

संक्रमण पुष्टि हुनेहरूमा गैँडाकोट नगरपालिका वडा नं १ का १ जना, वडा नं २ का १० जना, वडा नं ४ का २ जना, वडा नं ५ का १ जना, वडा नं ६ का १ जना र वडा नं ८ को ३ जना सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको नवलपुरका स्वास्थ्य शाखा प्रमुख केशव चापागाईले जानकारी गराए ।

संक्रमण पुष्टि हुनेहरू मध्ये १३ जना पुरुष र ५ महिला रहेका छन्। संक्रमितहरूलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ भने थप विवरण आउन वाँकी रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताए । 



लोकप्रिय समाचार
नयाँ