काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सर्वसाधारणको आवश्यकतालाई हेरेर सार्वजनिक यातायात संचालनका लागि स्वीकृति दिएको बताएका छन् ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै केही दिनअघि उनले यो प्राथमिकता दिँदै सार्वजनिक यातायातको प्रयोग अत्यन्त आवश्यकता हुँदा मात्र गर्न पनि आग्रह गरेका छन् ।
सीमित भौतिक दूरी पालना गर्दै यात्रा गर्नुपर्ने र स्वास्थ्यको पालना गर्नुपर्ने भन्दै उनले कुनै पनि कोरोना रोगको लक्षण भएकाले यात्रा नगर्न पनि आग्रह गरेका छन् ।
यसको मतलब हो सार्वजनिक यातायातको प्रयोग आवश्यकता नगरी नगरौं ।
चर्चित कमेडियन हरिवंश आचार्यले केही दशक पहिले चर्चित गीत गाएका थिए –साझा बसमा जो पनि चढ्दछ । त्यो पुरानो कुरो भयो ।
अहिले समय बदलिएको छ । अहिले भने सीमितमात्र यात्रु चढ्छन् ।
चैतको पहिलो सातासम्म जोसकुै चढ्थे । चैत ११ मा लकडाउन लागेपछि पहिलो पटक साझा यातायातले सेवा दिन थालेको छ ।
तर स्वास्थ्य निर्देशिका पालना गर्दै यात्रा भइरहेको छ । लकडाउनपछि पहिलो पटक बिहीबारदेखि साझा यातायात गुड्न थालेको हो । तस्वीर – रासस