arrow

इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ साउन १ बिहिबार
iran-map.gif

तेहरान। इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतंकवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्।

इरानी समाचार संस्था इर्नाले बुधबार राति आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ। इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको वक्तव्यमा बोल्बार गाउँनजिक उक्त आक्रमण भएको उल्लेख छ । तर आक्रमणमा जिम्मेवार समूहको नाम भने उल्लेख गरिएको छैन।

विगत ४० वर्षभन्दा बढीदेखि इरानले कुर्दिस लडाकूसँग संघर्ष गरिरहेको छ। कुर्दिस लडाकूहरुले छिमेकी मुलुक इरानको कुर्दिस्तानमा आधार खडा गरी इरानी सेना र इरानी कार्यालयहरुमाथि आक्रमण गर्ने गरेका छन्।



लोकप्रिय समाचार
नयाँ