arrow

गैंडाकोटका मेयरले आलोचना गर्नेलाई किन भने ‘कुकुर’ ? अडियोसहित

logo
संजय भट्टराई, 
प्रकाशित २०७७ साउन २ शुक्रबार
gaidakot-nagarpalika-chatra.jpg

गैंडाकोट । गैंडाकोटको मेयर यति बेला आफ्नै बोलीको कारणले विवादमा तानिएका छ्न् । गत असार २७ गते अवैध मृगौला प्रत्यारोपणको आरोपमा कानुन व्यवसायी रमेश काफ्लेसहित चिकित्सक पक्राउ परेपछि पक्राउ परेका कानुन व्यवसायी रमेश काफ्ले गैंडाकोट मेयरका कानुनी सल्लाहकार पनि रहेको भन्दै ‘गैंडाकोट नगरपालिकाका नगरप्रमुखका कानुनी सल्लाहकार काफ्ले पक्राउ’ भन्ने शिर्षकको समाचार राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा प्रकाशित भएको थियो ।

सोही समाचार प्रकाशनमा आएपछि सामाजिक संजालमा यो विषयलाई लिएर मेयर छ्त्रराज पौडेललाई जोडेर विभिन्न स्टाटस आएका थिए । गैंडाकोट नगरपालिकाले पक्राउ परेका काफ्ले मेयरको कानुनी सल्लाहकार नभएको प्रस्ट पारेको थियो । समाचार प्रकाशन गर्ने मिडिया हाउसले पनि भुल सुधार गरेका थिए ।

तर एकाएक गैंडाकोटका मेयर छत्रराज पौडेलले बिहीबार गैंडाकोटको एउटा रेडियोमा अन्तर्वार्ता दिने क्रममा सामाजिक संजालमा रमेश काफ्ले आफ्नो कानुनी सल्लाहकार नभएको र सामाजिक संजालमा आफूलाई बदनाम गरेको भन्दै बदनाम गर्नेहरु ‘कुकुर’ भएको बताए ।

रेडियोमा अन्तर्वार्ता दिने क्रममा सामाजिक संजालमा आलोचना गर्नेहरूलाई खान नपाएर कुकुरहरू भुकेको र आफूले शब्द चयन गरेरै ‘कुकुर’ भनेको बताएका हुन् । 

अवैध मृगौला प्रत्यारोपण कान्डमा पक्राउ परेका अधिवक्ता रमेश काफ्ले मेयरको कानुनी सल्लाहकार नभएको गैंडाकोट नगरपालिकाले भने पनि उनी मेयर पौडेलका नजिकका मानिन्छन् । मेयर पौडेलको कानुनी कामहरु उनै काफ्लेले गर्ने गरेका छ्न् ।

तर नगरप्रमुख जस्तो पदमा बसेको व्यक्तिले आफू र आफू विरुद्ध सामाजिक संजालमा आलोचना गर्नेलाई कुकुर भनेर सम्बोधन गर्दा उनी आफै विवादित भएका छ्न् । 

आफ्ना विरुद्ध गलत आरोप भए कानुनी उपचारमा जान छोडेर सामाजिक संजालमा आलोचना गर्नेलाई कुकुर भनेर आरोप लगाउनु मेयर पौडेलको अशोभनीय र अलोकतान्त्रिक व्यवहार भएको जानकारहरु बताउँछ्न् ।

नगरपालिकामा पटक पटक उपप्रमुख  सहित नगर सभाका बहुमत ६३ जना सदस्यले फरक बिचार राखेको कारण फरक मत राख्नेलाई मेयर पौडेलले विकास विरोधिको संज्ञा दिदै आएका छ्न् ।  

यसअघि पनि पटक पटक मेयर पौडेलले विपक्षीसँग गर्ने व्यवहार र उनको कार्यशैलीको व्यापक विरोध हुँदै आएको थियो । 

नगरपालिकामा पटक पटक उपप्रमुख  सहित नगर सभाका बहुमत ६३ जना सदस्यले फरक बिचार राखेको कारण फरक मत राख्नेलाई मेयर पौडेलले विकास विरोधिको संज्ञा दिदै आएका छ्न् ।  

यसअघि पनि पटकपटक मेयर पौडेलले विपक्षीसँग गर्ने व्यवहार र उनको कार्यशैलीको व्यापक विरोध हुँदै आएको थियो । अडियो सुन्नुहोस्–

 



लोकप्रिय समाचार
नयाँ