पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ खोराकोमुखमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाको मृत्यु गएको हो ।
मृत्यु हुनेमा १६ वर्षीय कुशल विक, १६ वर्षकै रोजीना विक र १४ वर्षीय समिर विक रहेका छन् ।
घरकै अर्को कोठामा सुतेका प्रेमराजको दम्पत्ति भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार पहिरोमा पुरिएका तीनै जनाको शव निकालिसकेको छ ।
घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रहरीले बताएको छ ।