काठमाडौं । कोरोना भाइरसको महामारी विरुद्धको खोप बनाउने प्रयास अझैसम्म सफल हुन सकेको छैन ।
यसका लागि रुस, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानेडिया लगायतका देशहरु सफलता नजिक पुगेको दावी गरिहेका छन् । रुसले भने परीक्षण पनि सपल भएको दावी गरेको छ ।
यसैबीच अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई रुसी गुप्तचरहरुले निशाना बनाइरहेको चेतावनी सुरक्षा निकायहरुले दिएका छन् ।
ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरस विरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टरले दाबी गरेको छ ।
सुरक्षा निकायले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको छैन ।