काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न क्षेत्रमा लचकता अपनाउने गरी सरकारलाई मौद्रिक नीति ल्याउन सुझाव दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७७–०७८ को शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्दैै गर्दा बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेसले कर्जाको पुनःसंरचना, कर्जा भुक्तानीको अवधि पुनःतालिकीकरण र ब्याजको पूँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रिक नीति ल्याउन सरकारलाई सुझाव दिएको हो ।
कांग्रेसले कोरोना भाइरसबाट पर्यटन, यातायात, निर्माण, निर्यातजन्य उद्योग, लघु तथा साना व्यवसाय, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा ठूलो क्षति भएकाले ती क्षेत्रहरुलाई अर्थिक राहत दिने गरी नीति ल्याउनसमेत सुझाव दिएको छ ।
दिगो आर्थिक विकासका लागि आधार मानिएका पर्यटन, जलविद्युत र व्यवसायीक कृषि लगायतका क्षेत्रहरुमा कर्जाको प्रवाह थप प्रभावकारी बनाउन पनि कांग्रेसले सुझाव दिएको छ ।
यस्तो छ कांग्रेसको सुझाव–