arrow

रेमिट्यान्स : ११ महिनामा ३ प्रतिशतले कमी, ४ वर्षमा २४ प्रतिशतको वृद्धि

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
remittance.jpg.jpeg

काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६‍/०७७को ११ महिनामा कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी गराएको छ। शुक्रबार चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकले बिहीबार मुलुकको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६को तुलनामा उक्त रेमिट्यान्स ३ प्रतिशते कम हो। गत आवमा वैदेशिक रोजगारीका लागि विदेश जाने सँख्यामा कमी आएका कारण रेमिट्यान्समा सामान्य गिरावट आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आव २०७५/०७६को जेठ महिनासम्मको तुलनामा गत आव २०७६/०७७को सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सँख्यामा १२ दशमलव ४ प्रतिशतले कमी आएको छ।

४ वर्षमा २४ प्रतिशतले रेमिट्यान्समा वृद्धि
अघिल्लो आव २०७५/०७६को ११ महिनाको तुलनामा गत आव २०७६/०७७को सोही अवधिमा रेमिट्यान्समा ३ प्रतिशतले कमी आएपनि पछिल्लो ४ वर्षमा भने २४ प्रतिशतले रेमिटयान्स वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२/०७३मा ६ खर्ब ६५ अर्ब ६ करोड ४२ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा रेमट्यिान्समा वृद्धि भएर ७ खर्ब ७९ अर्ब २७ करोड १३ लाख रुपैयाँ पुगेको छ।  सो रेमिट्यान्स आव २०७२/०७३को तुलनामा २४ दशमलव ३७ प्रतिशतले वृद्धि हो।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३/०७४मा ६ खर्ब ९५ अर्ब ४५ करोड २४ लाख, २०७४÷०७५मा ७ खर्ब ५५ अर्ब ५ करोड ८६ लाख रुपैयाँ नेपाल भित्रिएको थियो।



लोकप्रिय समाचार
नयाँ