arrow

फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
12bishe-badhi.jpg

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका– ४  फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ ।  

स्थानीय बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र  एकै परिवारका अन्य तीन जना  बेपत्ता भएका थिए । 
    
पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको शव फेला परेको छ । सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। 

बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
नयाँ