काठमाडौं। नेपाली कांगरेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन सदसयहरुलाई निर्देशकमा नियुक्त गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिले प्रतिष्ठानमा तीन जना सदस्यहरुलाई निर्देशकमा नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (घ) बमोजिम नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहूँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुंगेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुंगा) लाई नियुक्त गरेको हो । यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा श्री रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन भएका थिए । निर्देशकहरु तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसंग समन्वय गरी कार्यक्रमहरु गर्ने कांग्रेसले जनाएको छ ।