काठमाडौं । परिवार नियोजन विवाहित जोडिको लागि महत्वपूर्ण कुरा हो । गर्भधारणले वास्तविक खुशी तब प्रदान गर्दछ जब त्यो सहि समयमा प्लानिङ्ग गरिन्छ । यदि महिला चाडैं गर्भवती भए त्यो एक झन्झटको बिषय बन्न जान्छ । साथै पछिल्लो समय महिला - पुरुष परिवार नियोजनका अस्थाई साधनहरु प्रयोग गर्न झन्झट मान्ने गरेका छन् । यदि तपाई पनि गर्भवती चाडै नहोस् र अस्थाई साधन प्रयोग गर्नु नपरोस् भन्ने चाहानुहुन्छ भने अपनाउनुहोस् यी घरेलु उपाय ।
मेवा
यौन सम्पर्कपछि गर्भधारण हुने शंका भएमा मेवा खादा गर्भपतन हुने संभावना अधिक रहने आयुर्वेदिक पुस्तकहरुमा बताइएको छ । यस बाहेक यसले गर्भधारण नहुन दिन पनि सहयोगी हुन्छ । मेवालाई तपाई सम्बन्ध राखेपछि तीन−चार दिनसम्म दिनमा दुई तीन पटक खाएमा गर्भधारण नहुन सहयोगी बन्ने बताएको छ ।
कमन फिग
कमन फिग एक निकै स्वदिष्ट र फलदायक फल हो । यसलाई सुकाएर मेवाको रुपमा प्रयोग गर्न सकिन्छ । मेवा बाहेक कमन फिगले पनि गर्भधारणलाई रोक्न सक्ने बताइन्छ । तपाई दिनमा दुई −तीन कमन फिग अवश्य खानुहोस् । यसले गर्भधारण हुने संभावना त कम गर्छ नै, साथै यसले रगत सर्कुलेशनलाई पनि राम्रो बनाउन मद्दत गर्छ ।
अदुवा
अदुवा पानी उमालेर अधिक प्रयोग गरेमा पनि गर्भधारण हुनबाट रोक्न सक्ने बताइएको छ । अदुवालाई धोएर पिस्नुहोस र पानीमा हालेर उमाल्नुहो्स । अब सो पानीलाई छानेर दिनमा दुई तीन पटक पिउनुहोस । जसले गर्भधारण हुनबाट जोगाउन सक्ने बताइन्छ ।
नीम
नीमले पनि गर्भधारण हुनबाट रोक्न सक्ने बताएइको छ । यसको प्रयोगले शुक्राणुको गतिशीलता निकै कम हुन्छ र गर्भधारणको संभावना निकै कम हुन्छ । नीमको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । निमको पात वा तेलको प्रयोग गरेर गर्भधारण रोक्न सकिने बताइएको छ । नीमको तेलबाट बनेको इन्जेक्शन यूट्रस वा फेलोपियन ट्यूबको ज्वाइंटमा दिने गरिन्छ जसबाट शुक्राणुको संख्या न्यून रहन्छ । यस बाहेक बजारमा नीमको ट्याबलेट पनि पाइन्छ । यसको सेवन पुरूषले गरे गर्भधारणको संभावना कम हुन्छ ।
धनीयाँ
गर्भधारण रोक्ने एक घरेलु उपायको रुपमा धनीयाँको सेवनलाई पनि लिइन्छ । धनीयाँलाई सफा गरि उमालेर चीयाको रुपमा पिउनाले यौन सम्पर्कपछि गर्भधारण हुने जोखिम घटाउने बताइएको छ ।
(माथि उल्लेखित खानेकुरा खाँदा गर्भ नरहने आयुर्वेदिक स्रोतहरुले बताए पनि सम्बन्धित चिकित्सकको सल्लाह लिनु होला ।)