arrow

पुनरकर्जा लगानी पोहोर भन्दा आधाले घट्यो

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
NRB.JPG

काठमाडौं। गत आर्थिक वर्ष २०७६/०७७को जेठ महिनासम्म पुनरकर्जाको परिचालन करिब ५० प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष २०७५/०७६को जेठ महिनासम्मको तुलनामा गत आर्थिक वर्षमा पुनरकर्जा करिब आधाले घटेको हो। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति गत आवको जेठसम्ममा कुल ११ अर्ब ८२ करोड रुपैयाँ पुनरकर्जा कोषबाट लगानी भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सो कोषबाट पुनरकर्जा लगानी २२ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । एक वर्षको तुलनामा पुनरकर्जा लगानीमा करिब ५० प्रतिशतले घटेको हो । पुनरकर्जा कार्यविधि २०७६ अनुसार पुनरकर्जाले ठुलो क्षेत्रलाई नसमेटेकोका कारण ५० अर्ब रुपैयाँको पुनरकर्जा कोषबाट २५ अर्ब रुपैयाँ समेत पुनरकर्जा लगानी हुने गरेको छैन । गत वर्षको पुसबाट ६० अर्ब रुपैयाँको बनाइएको उक्त पुनरकर्जा कोष सरकारले चाुल आर्थिक वर्ष २०७७÷०७८ को बजेटमार्फत १ खर्ब रुपैयाँको बनाउने घोषणा गरिसकेको छ । सो कोषमा हुने रकमको तुलनामा न्युनतम मात्रै लगानी हुने भएपछि त्यसको दायरा बढाउन नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्न ‘पुनरकर्जा कार्यविधि २०७७’को मस्यौदा तयार पारेको छ । नेपाल राष्ट्र बैंकले उर्जा, पर्यटन लगायतका व्यवसायीलाई परेको आर्थिक समस्याको मूल्याङ्कन गर्दै विभिन्न बैंकहरुमार्फत पुनरकर्जा उपलब्ध गराउँदै आएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७को जेठ मसान्तसम्म भएको कुल पुनरकर्जा ११ अर्ब ८२ करोडमध्ये साधारण पुनरकर्जातर्फ ९ अर्ब ९९ करोड रुपैयाँ र निर्यात पुनरकर्जातर्फ २२ करोड २ लाख रुपैयाँ लगानी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५÷०७६को सोही अवधिमा कुल पुनरकर्जा २२ अर्ब ४० करोड रुपैयाँमध्ये साधारणतर्फ १९ अर्ब २७ करोड र निर्याततर्फ ८७ करोड रुपैयाँ लगानी भएको थियो ।



लोकप्रिय समाचार
नयाँ