arrow

सरकार बेईमान भएको भन्दै ‘इनफ इज इनफ’को दोस्रो चरणको अभियान शुरु

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
Enough-Is-Enough.jpg

काठमाडौं। सरकारले ‘इनफ इज इनफ’ अभियानसँग गरेको १२ बुँदे समझदारीम धोखा पाएको भन्दै दोस्रो चरणको अभियान शुरु भएको छ।

इनफ इज इनफ अभियानले एक हप्ता अगाडी सम्पन्न १२ दिनको सत्याग्रह र हप्तौँको सडक संघर्षपश्चात स्वास्थ्य मन्त्रालयसङ्ग माग पुरा गर्न भएको १२ बुँदे सहमती भएको थियो । ११ बुँदे मागहरुमा विविध किसिमको १२ बुँदे सहमति एक हप्ता भित्र कार्यान्वयनमा लैजानेगरि सत्याग्रह र सडक संघर्षका कार्यक्रम रोकिएको भएपनि ‘इनफ इज इनफ’ अभियान सरकारको बेइमानी र नागरिकको स्वास्थ्यप्रतिको  लापरवाही विरुद्ध दोस्रो चरणको अभियानहरु शुरु भएका छन् ।

बिहिबारबाट शुरु गरिएका थप दबाबमुलक अभियानहरुबारे निम्न बमोजिमको विवरण सार्वजनिक गरिएको छ।

१. सत्याग्रही मध्येका एक पुकार बम लगायतका अभियन्ताहरुले स्वास्थ्य मन्त्रालय अन्तर्गतका जिम्मेवार पदाधिकारी स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिब लगायत विभिन्न बिभाग प्रमुख विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार र सम्पत्ति छानबिनको मुद्धा दर्ता गरेका छन् । चीनबाट स्वास्थ्य सामाग्री एवं उपकरणहरू खरिद गर्दा ठलो आर्थिक र नीतिगत भ्रष्टाचार भएको विषयमा विगतमा परेका उजुरीको स्मरण गर्दै यो विषयलाई प्राथमिकताका साथ अनुसन्धान गरियोस् भनि उजुरीमा अनुरोध गरिएको छ । साथै, स्वास्थ सेवा विभागले एक लाख ५० हजार आरटी पिसिआर किट (रियल टाइम PCR Kit) र एक लाख ५० हजार RNA Extraction Kit खरिदमा दुइ पटक सम्म ठेक्का रद्द गरि दशौँ नम्बरमा रहेको ओम सर्जिकल कन्सन प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्कामा पनि ठूलो कमिसनको चलखेल हुनसक्ने भएकोले स्वास्थ मन्त्री भानुभक्त ढकाल, स्वास्थ सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत उक्त ठेक्का प्रक्रियामा सम्बन्धित अन्य विभागका प्रमुखहरु लगायतलाई तत्काल छानविनको दायराभित्र ल्याएर अनुसन्धान गर्न पनि उजुरीमा आह्वाहन गरिएको छ ।

यसलगायत महामारी तथा रोग नियन्त्रण महाशाखाका निवर्तमान तथा वर्तमान प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखाका निवर्तमान तथा वर्तमान प्रमुख, स्वास्थ्य समन्वय महाशाखाका निवर्तमान तथा वर्तमान प्रमुख, प्रशासन महाशाखाका निवर्तमान तथा वर्तमान प्रमुख, स्वास्थ सेवा विभागका निवर्तमान तथा वर्तमान प्रमुख, महामारी तथा रोग नियन्त्रण विभागका निवर्तमान तथा वर्तमान प्रमुखहरु लगायतका अधिकारीहरुको सम्पति छानबिन गर्न समेत उजुरीमा उपलब्ध प्रमाण सहित खुलाई लेखिएको छ ।

२. अर्कोतर्फ आजै इनफ इज इनफ अभियानका सत्याग्रही मध्यका एक पुकार बम लगायत अभियन्ता हरुले स्वास्थ मन्त्रालयमा सूचनाको हक (RTI ) प्रयोग गरि विभिन्न विषयक सुचनाको माग गर्नुभएको छ । कोभिड-१९ महामारी व्यवस्थापनको लागि सर-सामग्री खरीद प्रक्रियामा हाल सम्म मन्त्रालयले कुनकुन राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी/संघ-संस्था संग कारोबार गरेको छ र हरेक यी कम्पनी संघ-संस्था संग कति मुल्य बराबारको कारोबार गरेको ?, हाल सम्म मन्त्रालयले अनुदान स्वरुप कुन कुन राष्ट्रसँग तथा अन्तराष्ट्रिय दातृ संस्थासँग कति कति रकम र सर-सामग्रीहरु प्राप्त गरेको ?, कोभिड-१९ महामारीको सुरुवात देखि मन्त्रालयले हाल सम्म मासिक रुपमा कति संख्या बराबर PCR, RDT परीक्षण नतिजा सहित गरीसकेको लगायतका सूचना माग गरिएको छ । कोभिड-१९ महामारी व्यवस्थापनको लागि हाल सम्म मन्त्रालयले कुल खर्च तथा कति जना र कता-कता फ्रन्टलाइनमा खटिने स्वास्थकर्मीहरु परिचालन गरेको भन्ने तथ्यांक पनि माग गरिएको छ । यस्तै कोभिड-१९ सम्बन्धमा स्वास्थ्य अनुसन्धान परिषदले (Health Research Council) ले स्वास्थ्य मन्त्रालयलाई बुझाइएको रिपोर्टको एक कपि पनि उपलब्ध गराउन माग गरिएको छ ।

३. माग पुरा गर्न सहमति गरेका सरोकारवाला स्वास्थ्यमन्त्रीलाई सचेत गराउन पुल्चोक स्थित मन्त्रीज्यूको निवास अगाडी १२ बुदे सहमती पालना गराउनको निम्ति शान्तिपूर्ण धर्ना र खबरदारी कार्यक्रम आयोजना गरिएको छ । सडकबाटै दवावमुलक अभियानहरुलाई निरन्तरता दिइनेछ ।

अझै पनि सम्बन्धित निकाय विशेषत: स्वास्थ्य मन्त्रालयले १२ बुँदे  सहमतिलाई गम्भीरतापूर्वक ग्रहण नगरि कार्यान्वयन गर्न ढिला सुस्ती गरेमा आगामी दिनमा हामी अझ कडा र कठोरतापूर्वक कदम चाल्न बाध्य हुने भन्ने जानकारी इनफ इज इनफले दिएको छ ।



लोकप्रिय समाचार
नयाँ