arrow

किसानलाई कृषि बैंकको क्रेडिट कार्ड

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २ शुक्रबार
NRB.JPG

काठमाडौं। नेपाल राष्ट्र बैंकले किसानका लागि कृषि विकास बैंकमार्फत किसान क्रेडिट कार्डको व्यवस्था गर्ने भएको छ। राष्ट्र  बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजिनक गर्दै चालु किसानलाई कृषि विकास बैंकमार्फत क्रेडिट कार्ड को व्यवस्था गरिने भएको बताएको हो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले किसानलाई कृिष विकास बैंकमार्फत किसान क्रेडिट कार्डको व्यवस्था गर्ने बताएका हुन्।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत चालु आर्थिक वर्षमा किसान क्रेडिट कार्डको व्यवस्था गरिने बताएको थियो। त्यस्तै मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले कृषि उत्पादन बढाउन कर्जा नोक्सानीमा लचकता अप्नाउने बताएको छ। कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गरिने र कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउने कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था समेत मौद्रिक नीतिमार्फत गरिएको छ। उक्त व्यवस्थाले कृषि क्षेत्रमा थप वित्तीय साधन परिचालन हुने आपेक्षँ राष्ट्र बैंकले गरेको छ।



लोकप्रिय समाचार
नयाँ