arrow

अगस्त महिनाबाट आन्तरिक एवं अन्तराष्ट्रिय उडान खोल्न आव्हान

१०औं लाखको रोजगारी र अरबौंको लगानी जोखिममा

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
tia1.jpg

काठमाडौं। पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुले हवाई उडान तथा सीमा नाका खोल्न सरकारसँग आव्हान गरेको छ। कोभिड-१९को प्रभावले लामो समयदेखि बन्द रहेका पर्यटन उद्योगहरु असीमित दायित्व बहनसँगै ऋणात्मक स्थितीमा रहेका छन्।

यो कर्ममा १०औं लाखको रोजगारी तथा खरबौंको लगानि संकटमा परेको पनि व्यवसायीहरुले बताएका छन्। पर्यटन क्षेत्रमा कोभिड-१९को प्रभाव लामो समयसम्म रहिरहने तथा पूर्वत: अवस्थामा फर्किन नसक्ने स्पष्ट संकेतहरु देखिएको पनि काठमाडौंमा बिहिबार गरिएको पत्रकार सम्मेलनमा उनीहरुले बताएका छन्। 

यस अवस्थामा आम पर्यटन व्यवसायी र समग्र पर्यटन समुदायले न्यूनतम आधार तय गरी परिस्थिति अनुकूलका सेवा उपलब्ध गराउँदै उपयुक्त कार्यक्रम लागू गरी विस्तारै कोभिड–१९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको उनीहरुले बताए ।

यसै परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव समेत हेरी नेपालले पनि नेपाल सरकार, पर्यटन मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकलहरुको परिपालना गर्दै निम्नानुसारका सेवाहरु सुचारु गरी अगाडि बढ्न र सोही व्यवस्थाको लागि नेपाल सरकार तथा सम्बन्धित निकायहरुसँग अनुरोध गरिएको छ।

संयुक्त प्रेस विज्ञप्ति मार्फत पर्यटन व्यवसायीहरुले सरकारलाई उद्योग खोल्न उपायहरु सुझाएका छन्। ती यस प्रकार छन्-

१.    हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार समेत भएको साथै नियमित उडान नभएको अवस्थामा नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएको । 

क.    अगष्ट १, २०२० बाट आन्तरिक हवाई उडानहरु नियमित तालिका अनुसार  सुचारु गरिनुपर्ने ।

ख.    अगष्ट १५, २०२० बाट अन्तर्राष्ट्रिय हवाई उडानहरु नियमित तालिका अनुसार सुचारु गरिनुका साथै सिमानाका समेत खोलिनु पर्ने ।

२.    पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिनु पर्ने ।

३.    उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा वजारीकरणका आधारहरु विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउने तर्फ तत्काल पहल गर्नुपर्ने ।



लोकप्रिय समाचार
नयाँ