मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सुविधा नै सुविधा
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २ शुक्रबार
158
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थालाई मर्जर (एक आपसमा गाभिने) प्रक्रियामा प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई विभिन्न सुविधाको व्यवस्था गरिने नीति अलम्बन गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै वित्तीय क्षेत्रलाई थप बलियो बनाउन मर्जरलाई प्रोत्साहित गरिने बताए।
उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरुले एक् आपसमा गाभिएर कारोबार गरेमा कारोबार गरेको मितिबाट लागु हुनेगरी २०७९ असार मसान्त सम्मका लागि अनिवार्य नगद अनुपातमा शुन्य दशमलव ५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुटको व्यवस्था गरिने बताएका छन।
त्यस्तै राष्ट्र बैंकले तोकेको संस्थागत मुद्दती निक्षेपको संकलन सीमामा ५ प्रतिशतले थप गरिने लगायतका सुविधा दिइने गभर्नर अधिकारीले बताए।