arrow

विभागले तोकेको राजस्व लक्ष्य भेटाउन कोरोना वाधक, भैरहवा भन्सारद्धारा ७० प्रतिशत राजस्व संकलन

logo
नारायण वली,
प्रकाशित २०७७ साउन २ शुक्रबार
bhairahawa-custom.jpg

रुपन्देही । रुपन्देहीको बेलहिया स्थित भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६-०७७ मा ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा भन्सार विभागले कार्यालयले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाख रुपैयाँ राजस्व संकलन गर्न तोकेको थियो । 

जस अनुसार भन्सार विभागले तोकेको राजस्व लक्ष्य भेटाउन भैरहवा भन्सार कार्यालय असफल भएको छ । विभागले तोकेको लक्ष्य भेटाउन कार्यालयलाई कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउनका कारण नसकेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्ण प्रसाद लम्सालले वताएका छन् ।

हाम्राकुरा डटकमसंग कुरा गर्दै उनले भने, विभागले तोकेको लक्ष्य भेटाउन सजिलै सकिन्थ्यो, तर महामारी भाईरसका कारण गरिएको लकडाउन वाधक भएपछि राजस्व संकलन वन्द हुँदा लक्ष्य भेटाउन सकिएन । भन्सारले उठाएको राजश्व, विभागले तोकेको लक्ष्य भन्दा करिब ३० प्रतिशतले कम संकलन भएको सुचना अधिकारी लम्सालले जनाए ।

गत आर्थिक वर्ष ०७६-७७ मा कोरोना भाइरसका कारण सिमा नाका वन्द भएपछि छिमेकी मुलुक भारत वाट अत्यावश्यक भन्दा अन्य मालसामान आयातमा रोक लगाईए पछि लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । वेलहिया नाका देशकै दोस्रो ठूलो भन्सार नाकाको रुपमा मानिन्छ ।



लोकप्रिय समाचार
नयाँ