arrow

कोरोना अति प्रभावितलाई ५० अर्बको कोष

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २ शुक्रबार
maha-adhikari-nrb-govener.jpg

काठमाडौं। चालु आर्थिक वर्षको बजेटमा गरिएको ५० अर्ब रुपैयाँको कोषमार्फत कोरोनाबाट अति प्रभावित व्यवसायलाई प्राथमिकता दिइने भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मोद्रिक नीति सार्वजनिक गर्दै बजेटमा व्यवस्था गरिएको ५० अर्ब रुपैयाँको कोषमार्फत कोरोनाबाट अति प्रभावित पेशा व्यवसायलाई प्राथमिकता दिइने जानकारी गराएको हो।

नेपाल सरकारले बजेटमार्फत खडा गरेको ५० अर्ब रुपैयाँको कोष निश्चित मापदण्ड बनाएर कोरोना प्रभावित क्षेत्रमा परिचालन गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । मौद्रिक नीतिमा उल्लेख भएअनुसार उक्त कोषबाट पर्यटन, घरेलु, साना तथा मझौला उद्यम लगायतका सुचारु र निरन्तरताका लागि उपलब्ध गराइने छ । त्यस्तै पर्यटन, साना घरेलु तथा मझौला क्षेत्रका रोजगार गुमाएका श्रमिक तथा अति प्रभावितलाई बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराइने मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

कोरोनाबाट अति प्रभावित उद्योग व्यवसाय सूचारु गर्न सहज होस् भन्ने उद्येश्यले कोरोना अति प्रभावित पेशा व्यवसायलाई प्राथमिकता दिइने राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ । कोरोना अति प्रभावितलाई प्राथमिकता दिँदा ऋणीको आवश्यकता र व्यवसायको सम्भावनालाई मध्येनजर गरेर उपलब्ध गराइने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । गत चैतमा भएको चालु पुँजीको सिमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ