arrow

७३ सय बोरा मल कालोबजारी गर्ने मतियार वडाअध्यक्ष बिरु रखाल सहित ४ जना बिरुद्ध पक्राउ पूर्जी

कार्वाहीको डरले अभियुक्तहरु फरार 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २ शुक्रबार
arrest.jpg.jpeg

काठमाडौं। अनुदानको मल कालोबजारी गरेको आरोपमा कृषि सामग्री कम्पनीका प्रमुख सहित चार जना बिरुद्ध पक्राउ पुर्जी जारी भएसंगै उनीहरु फरार भएका छन् । फरार हुनेमा तत्कालिन नेकपा एमालेबाट निर्बाचित चन्द्रपुर नगरपालिकाको वडानम्बर १ का अध्यक्ष बिरु रखाल सहितका सहकारी संस्थाका अध्यक्ष रहेका छन ।

वडाअध्यक्ष रखाल सहकारी संस्थाका अध्यक्ष समेत हुन । जनप्रतिनिधि भएपछि पनि उनले सहकारीको अध्यक्षबाट राजिनामा नदिएरै पदमा बसेको थिए । कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रबी केशरी समेत फरार भएका छन ।

रौतहटको चन्द्रपुर नगरपालिका १ बाग्मतीस्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेड र उन्नतिशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाममा कृषि सामग्री कम्पनीबाट खरिद गरिएको नेपाल सरकारको अनुदानको रासायनिक मल सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घरभई चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती बजारमा राहुल खाद्य उधोग संचालन गरी बसेका सत्यलाल साह मार्फत कालोबजारी गरेको तथ्य खुलेको थियो। सो तथ्य खुलेपछि प्रहरीले तीन वटै सहकारी संस्थाका अध्यक्ष सहित कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख केशरीलाई समेत पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि उनीहरु सबै फरार रहेको जनाइएको छ । सृजनसिल कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहेका वडाअध्यक्ष रखाल, बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पदम पहाडी र उन्नतिशिल महिला कृषि सहकारी संस्था लिमिटेडका दुर्गा दाहाल फरार भएका हुन् । उनीहरुको सहकारीबाट ठुलो परिणामको रासायनिक मल राहुल खाद्य उधोगका प्रोपाईटर सत्यलाल साह मार्फत कालोबजारी भएको आरोप रहेको छ ।

साह असाढ १५ गते पक्राउ परेका हुन । उनी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन् । साहले सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको नामबाट युरिया १६५२, डिएपी ६०५ बोरा, पोटास १३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट युरिया १२१२ बोरा, डिएपी ५७५ बोरा, पोटास ११५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाम बाट युरिया २१२४ बोरा, डिएपी ६८१ बोरा, पोटास १३० बोरा खरिद गरी बाहिरी जिल्ला मकवानपुर र सर्लाहीमा बढी मुल्यमा बिक्री गरेको आरोप लागेको छ । अनुदानको मल दिन तीन वटै सहकारी संस्थालाई उनै वडाअध्यक्ष बिरु रखालले कृषि सामाग्री कंम्पनी लिमिटेड चन्द्रनिगाहपुरलाई सिफारिस गरेका थिए।



लोकप्रिय समाचार
नयाँ