arrow

ज्यान मार्ने उद्योगमा सोरुकोट गाउँपालिकाका स्टोर किपर पक्राउ

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ साउन ३ शनिबार
arrest_news.jpg

मुगु। सोरु गाउँपालिकाका खरिदार तथा स्टोर किपर ईश्वर बहादुर सिंह शनिबार पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले सिंहलाई पक्राउ पूर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीले गाउँपालिकाबाटै सिंहलाई पक्राउ गरेको हो। 

सोरु गाउँपालिकाबाट सरुवा भई गएका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले सिंहलाई ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको एक बर्ष पछि सिंहलाई प्रहरीले पक्राउ गरेको हो । 

गत वर्षको असोज महिनामा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत उपाध्याय पालिकाबाट सदरमुकाम गमगढीतर्फ आउँदै गर्दा सोरु गाउपालिकाको सिपगाउँमा केही ब्यक्तिले आक्रमण गरि सख्त घाइते बनाएपछि उपाध्यायले सिंह बिरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेर दिएका थिए । 

अदालतको आदेश अनुसार ज्यान मार्ने उद्योगमा अभियोग लागेका सिंहलाई शनिबार पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भूवनेश्वर प्रसाद शाहले बताए।

प्रहरीले पक्राउ गरि ल्याएका स्टोर किपर सिंहलाई हाम्रो रोबहरमा छोड्नुस भन्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत बीरेन्द्र शाही लगायत धेरै जना ब्यक्तिहरु आए पनि उनलाई थुनामा राखेको साहले बताए।आइतबार सिंहलाई जिल्ला अदालतमा बुझाउने जिल्ला प्रहरी कार्यालय जनाएको छ । 

गाउँपालिकाबाट सरुवा भई गएका पशुराम उपाध्यायको किटानी जाहेरीमा अदालतको आदेश अनुसार स्टोर किपर सिंह पक्राउ परेको गाउपालिका प्रमुख लोकबहादुर शाहीको बताए। 

सिंह डोटी जिल्लामा गाविस सचिव हुदा सामाजिक सुरक्षा रकम दुरुपयोग गरेको आरोपमा अख्तियारबाट कारबाहीमा परि सँजाय समेत भोगेका थिए।



लोकप्रिय समाचार
नयाँ