वनारसमा कपाल खौरिएर नेपाल बिरुद्ध नारा लगाउने नेपाली नभएको पुष्टी, स्टन्ट गर्ने ६ पक्राउ
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३ शनिबार
105
Shares
काठमाडौं। वनारसमा कपाल खौरिएर नेपालको बिरुद्ध नारा लगाउने व्यक्ति नेपाली नभएको वाराणसी प्रहरीले पुष्टी गरेको छ। कपाल खौरिएका ति व्यक्ति नेपाली रहेको भन्दै सामाजिक संजालदेखि मिडियामा समेत भाइरल भएका थिए। तर प्रहरी अनुसन्धानका क्रममा ति व्यक्ति नेपाली नभइ भारतीय रहेको तथा तिनले १ हजार रुपैयाँ लिएर नेपाली भएको अभिनय गरेको उत्तरप्रदेश प्रहरीले पुष्टी गरेको हो।
विश्व हिन्दु सेना नामक एक संस्थाका प्रमुख रहेका अरुण पाठकले आफ्नो सोसल मिडियामा ति व्यक्तिलाई नारा लगाउन लगाएको भिडियो राखेर प्रधानमन्त्री केपी ओलीको बिरोध गरेका थिए। सो भिडियो केहि समयमै भाइरल भएपछि प्रहरीले त्यसको बिरुद्ध उजुरी दर्ता गरि अनुसन्धान अघी बढाएको थियो।
भेलुपूर थानाका प्रहरी निरिक्षक उदयप्रताप सिंहले विश्व हिन्दू सेना नामक संस्थाका अध्यक्ष अरुण पाठक बिरुद्ध शुक्रवार उजुरी दर्ता गरेका थिए। नेपाल राष्ट्रको अपमान र धार्मिक भावनामा ठेस पुर्याउने काम गरेको भन्दै स्थानिय प्रहरीले पाठक बिरुद्ध उजुरी दर्ता गराएको थियो।
उजुरी दर्ता पछि वाराणसी प्रहरीले कपाल खौरिएका धर्मेन्द्र सिंह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो। प्रहरीले पक्राउ गरेसँगै ति व्यक्तिले एक हजार रुपैयाँ लिएर सो कार्य गरेको पुष्टी भएको हो। पक्राउ परेका व्यक्तिको परिवार सरकारी सेवामा समेत रहेको वाराणसी प्रहरीले जानकारी दिएको छ।