arrow

कोरोना भाइरसबाट ज्यान गुमाउने नेपाली २०० पुगे, विदेशमा १६० जना, २० देशका नेपाली कोरानामुक्त

यो साता कतारमा ८, युएईमा ५ तथा कुवेतमा ३ जनाको गयो ज्यान 

logo
चिरन शर्मा, 
प्रकाशित २०७७ साउन ४ आइतबार
corona-world.jpg

लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको  हो ।

कतारमा निधन भएका ८ जना मध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

विदेशमा ३० हजार ५ सय ७१ जना मध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा।सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र  ९ सय ५० जनामा  नेपालीहरुमा यो साता कोरोना संक्रमणमा बृद्धि भएको हो । 

नेपालभित्र भने ४० जनाको ज्यान गइसकेको छ । 

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या २ सय जना पुगेको छ ।

यस्तै नेपालमा मात्र  १७ हजार ५ सय २ जनामा संक्रमण फैलिएको छ । तीमध्ये करिब ६५ प्रतिशत अर्थात ११ हजार ६ सय ३७ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

उद्धार 
गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २९ हजार ७ सय ८० जना उद्धार भएको छ ।

१ सय ७२ शव ल्याइयो
यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी छ । (शर्मा कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक हुन्)



लोकप्रिय समाचार
नयाँ