रंगेली । नेपाली काग्रेस रंगेली नगरकार्य समितिले जननिर्वाचित वडा सदस्यलाई कार्वाहीका लागि सिफारिस गरेको छ ।
रंगेली नगरपालिका वडा नं ३ बाट जननिर्वाचित वडा सदस्य मुन्सी टुडुले पार्टीको ह्वीप र अनुशासन विपरित कार्य गरेको भन्दै नगरकार्य समितिले नेपाली कांग्रेस जिल्ला कार्य समितिलाई कार्वाहीका लागि सिफारिस गरेको हो ।
टुडु नेपाली कांग्रेसका तर्फबाट स्थानिय तहमा उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित सदस्य हुन् ।
टुडुले असार २९ गते सम्पन्न रंगेली नगरपालिकाको नगरसभामा पार्टीको निर्णय अनुसार एक ढिक्का भई प्रस्तुत हुनुपर्नेमा पार्टीको हितविपरित नगरसभामा सहभागी भई हस्ताक्षर गरेको भन्दै नगर कार्य समितिको साउन ३ गते बसेको बैठकले कार्वाहीको निर्णय गरेको हो ।
बैठकले पार्टीको साधारण सदस्य र वडा सदस्य समेत नरहने गरी कार्वाहीका लागि सिफारिस गरेको छ ।
नेपाली कांग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डलले पार्टीमा अनुशासनको कमी देखिँदै गएकाले कार्वाही थालिएको बताए ।