नेपाल प्रजातान्त्रिक महासंघको भर्चुअल कार्यक्रम, चिन्ता लोकतन्त्रकै
प्रकाशित २०७७ साउन ४ आइतबार
105
Shares
काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय समितिले जुम भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द प्रसाद शर्माको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउद, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नबिन्द्रराज जोशी, केन्द्रीय सदस्य गुरुराज घिमिरे लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेता साउदले नेपाली काङ्ग्रेसमा बुद्धिजीवी, बैंकर्स, कानुनविद्, सहकारीकर्मी, नेपाल सरकारका विभिन्न तह–पदबाट सेवा निवृत्त भएका सम्पूर्ण बुद्धिजीवीहरुबाट पार्टीलाई सहयोग र संगठन सुदृढीकरण विकास र बिस्तार गर्नका लागि यो महासंघको गठन भएको हुनाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
त्यस्तै नेता जोशीले पनि समग्र संस्थाको संगठनको प्रशंसा गर्दै विभिन्न शुभेच्छुक सङ्घ संस्थाहरुले पनि राष्ट्रव्यापी संगठनको कार्यात्मक तदारुकता देखाउन नसकेको परिवेशमा नेपाल प्रजातान्त्रिक महासंघले संपूर्ण बौद्धिक वर्गलाई समेटेर सांगठनिक कार्यलाई अगाडि बढाउँदा पार्टीका तर्फबाट पूर्णरुपमा सहयोग रहने प्रतिबद्धतासंगै पार्टीको समग्र परिस्थितिको जिम्मेवारीता बहन गर्ने जिम्मेवारीसमेत यस महासंघले लिनुपर्छ भन्ने आफ्नो विचार ब्यक्त गरे ।
त्यस्तै नेता घिमिरेले नेपाली समाजमा प्रजातान्त्रिक विचार र पार्टीको सिद्धान्त अनुसार कार्य गर्न सक्ने एक सक्षम शुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ हुन सक्ने बताए । उनले व्यक्तिका स्वार्थमा नगइ नेपाली काङ्ग्रेसको सिद्दान्तको बिषयमा पार्टीको महत्वपूर्ण शुभेच्छुक संस्थाको रुपमा संस्थापित होस् भनी शुभकामना दिए ।
साथै पार्टी भित्रका कुनै तह तप्का तथा भातृ तथा शुभेच्छुक संस्थामा हाल कुनै पद नरहेका, देशमा छरिएर रहेका व्यक्तिलाई समेटेर समेत सांगठनिक गतिविधि गर्न तथा दोहोरो पदमा कसैलाई नराखेर संगठन बिस्तार गर्नुपर्छ भन्दै आफ्नो भनाई राखे ।
नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोबिन्द प्रसाद शर्मा ले भर्चुअल कार्यक्रमलाई १ बजेदेखि २ बजेसम्म नेपाल प्रजातान्त्रिक महासंघका केन्द्र प्रदेश र जिल्ला तहकालाई जोडेर परिचयात्मक कार्यक्रम गरि संपुर्ण केन्द्रीय पदाधिकारी– सदस्य, प्रदेश पदाधिकारी– सदस्य तथा जिल्ला पदाधिकारी सदस्यहरुको परिचय गराउने कार्यक्रम भएको थियो ।
नेपाली काङ्ग्रेस पर्बतका युवा नेता राजेन्द्र प्रसाद तिवारीले शुभकामना मन्तव्य दिएका थिए । नेता तिवारीले यस महासंघको कार्यको पुर्ण सफलताको शुभकामनासहित समग्र पार्टीको सुदृढीकरणका लागि विद्धान वर्गको महत्वपूर्ण भुमिका हुने विश्वास व्यक्त गर्दै त्यो निपूर्णताको आभास महासंघमा पाएको बताए ।
साथै पहिलो चरणको कार्यक्रम को संचालनको भुमिकामा नेपाल प्रजातान्त्रिक महासंघका आमन्त्रित केन्द्रीय सदस्य रामचन्द्र तिवारीले गरेका थिए भने अध्यक्ष गोबिन्द प्रसाद शर्माले सबैको जिज्ञासालाई समेट्दै प्रथम चरणको कार्यक्रमलाई समापन गर्दै दोस्रो चरणको कार्यक्रममा प्रबेश गरेका थिए ।
प्रमुख बक्ताहरु सङ्गै ३१९ जना सहभागी भएको यस कार्यक्रममा बक्ताहरुको भनाइ पश्चात् शुभकामना तथा धन्यवाद मन्तब्य नेपाल प्रजातान्त्रिक महासंघका महासचिब भक्तराज भुसालले ब्यक्त गरेका थिए ।