प्यूठान। भिगृ-स्वर्गद्वारी मोटरवाटो स्तरोन्नति गर्ने काममा खटिएका ७ जना ज्यामीको ट्याक्टर दुर्घटनामा मुत्यु भएको छ ।
ओसिस कन्स्ट्रक्सन मार्फत सडकमा काम गर्ने रोल्पा रुन्टिगढीका ज्यामीहरुको स्वर्गद्वारी धरमपानि नजिक गएराति भएको ट्याक्टर दुर्घटनामा निधन भएको हो।
सडक दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना जीवित रहेका छन् । रातभर बर्षाका कारण उद्दार गर्न नसकिए पछि सुरक्षाकर्मीहरुले आइतवार विहान शब संकलन गर्ने काम गरेका छन्।
नेपाल प्रहरी, नेपाली सेना र स्थानियले घटनास्थलमा शव संकलन गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छन्।