arrow

प्राथमिकता प्राप्त क्षेत्रमा पुगेन लक्ष्य अनुसार कर्जा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ४ आइतबार
NRB.JPG

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरु कृषि, उर्जा र पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कुल कर्जाको निश्चित प्रतिशत कर्जा प्रवाह गर्नैपर्ने व्यवस्था गरेपनि सो क्षेत्रहरुमा तोकिएअनुसार कर्जा प्रवाह भएको छैन।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६-०७७को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले जारी गर्ने कुल कर्जाको १० प्रतिशत कृषि क्षेत्र र १५ प्रतिशत उर्जा तथा पर्यटनमा गरी प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नैपर्ने व्यवस्था गरेको थियो। तर, आर्थिक वर्षका ११ महिनासम्म ती क्षेत्रमा तोकिएअनुसार कर्जा प्रवाह नभएको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकले जेठ मसान्तसम्म कृषि क्षेत्रमा कुल २ खर्ब ६१ अर्ब १५ करोड रुपैयाँ कृषि क्षेत्रमा प्रवाह गरिएको जानकारी गराएको हो। कृषि क्षेत्रमा प्रवाह गरिएको उक्त कर्जा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कुल कर्जाको ९ दशमलव ७ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

त्यस्तै उर्जा र पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने गत आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरिएको थियो । तर, ११ महिनासम्म उक्त क्षेत्रमा १० दशमलव प्रतिशत कर्जा प्रवाह गरिएको छ।

राष्ट्र बैंकका अनुसार जेठमसान्तसम्म उर्जामा १ खर्ब ४४ अर्ब १४ करोड रुपैयाँ र पर्यटनमा १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ । उक्त प्रवाहित कर्जा उर्जामा ५ दशलवम ३ प्रतिशत र पर्यटनमा ४ दशमलव ८ प्रतिशत हुने राष्ट्र बैंकले उल्लेख गरेकामे छ।

गत आर्थिक वर्षको मौद्रिक नीतिबाटै असार मसान्तसम्म तोकिएको क्षेत्रमा तोकिएअनुसार कर्जा प्रवाह हुनुपर्ने उल्लेख भएकाले असार मसान्तसम्म तोकिए अनुसारकै कर्जा प्रवाह हुने विश्वास लिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको अन्तिम महिना असारको विवरण राष्ट्र बैंकमा आउन बाँकी रहेको जानकारी दिएको छ। विवरण संकलनपछि राष्ट्र बैंकले तोकेअनुसार प्राथमिक क्षेत्रमा कर्जा प्रवाह नभएका पाइए आवश्यक कारवाही गरिने प्रतिक्रिया राष्ट्र बैंकको रहेको छ।



लोकप्रिय समाचार
नयाँ