काठमाडौं। आफूहरुसँग गरिएको १२ बुँदे समझदारी कार्यान्वयनमा सरकारले धोखा दिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले दोस्रो चरणको अभियान अन्तर्गत वसन्तपुरमा सामुहिक सत्याग्रह शुरु गरेको छ।
शनिवारबाट शुरु भएको अनिश्चितकालिन सत्याग्रहमा सयौं यूवाहरुले सहभागि हुँदै ऐक्यबद्धता जनाएका छन्। कोभिड १९को उचित व्यवस्थापनको माग राख्दै अभियान निरन्तर आन्दोलनमा छ।
इनफ इज इनफ अभियानको १२ दिनको सत्याग्रह र हप्तौंको सडक संघर्षपश्चात स्वास्थ्य मन्त्रालयले अभियानको मागमा सहमति जनाउँदै १२ बुँदे सहमती गरेको थियो ।
सहमति एक हप्ता भित्र कार्यान्वयनमा लैजानेगरि सत्याग्रह र सडक संघर्षका कार्यक्रम रोकिएको भएपनि ‘इनफ इज इनफ’ अभियानले सरकारको बेइमानी र नागरिकको स्वास्थ्यप्रतिको लापरवाही विरुद्ध दोस्रो चरणको अभियानमा उत्रिएको जनाएको छ।
अभियानले विहिवारबाट आफ्नो दोस्रो दिनको अभियान शुरु गरेको छ।