arrow

नेशनल मेडिकल कलेज बिरगञ्जमा छापा मारी १९सय आरडीटी कीट बरामद

प्रसासन आफ्नै कार्वाहीको बारेमा बताउन पछि सर्‍यो

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०७७ साउन ५ सोमबार
National-medicle-college.jpg

पर्सा। बीरगंजस्थित नेशनल मेडीकल कलेजमा प्रहरीले छापा मारेको छ। प्रहरीले छापा मारेर करिब १९ सय थान आरडीटी कीट बरामद गरेको छ। 

कलेजमा आरडीटी टेस्ट गरिएका मध्ये चार जनालाई कोरोना पोजेटीभ देखिएको थियो। ति चारजनाको पीसीआर टेस्ट गर्दा एकजनालाई पोजेटीभ देखिएको थियो। यहि कुरा बाहिर फैलिएपछि प्रहरीले छापा मारी अस्पतालबाट आरडीटी कीट वरामद गरेको प्रहरी स्रोतले जानकारी दियो ।

स्थानिय प्रसासनले छापा मारेर आरडीटी कीट बरामद गरेपनि यसबारेमा औपचरिक रुपमा भने केहि बोल्न इन्कार गरेको छ। अस्पताल संचालक बसरुद्धिन अन्सारीले नेकपाका नेताहरु तथा स्थानिय प्रसानलाई दवाव दिइराखेका छन्। यहि दवावकै कारण प्रहरीले सम्वन्धित व्यक्तिहरुले यस प्रकरणमा मुख खोल्न तयार नभएको हुनसक्ने अनुमान गरिएको छ। 

एक जनामा कोरोना पुष्टी भएपछि अस्पतालको आकस्मिक कक्ष र विमारी राख्ने कतिपय वार्डहरु बन्द गरि सेनिटाइज गरिएको अस्पताल स्रोतले जानकरी दिएको छ ।

यसअघी पनि कलेज पटक पटक विवादमा पर्दै आएको छ। कोरोना प्रभाव बढेसँगै नेशनल मेडिकल कलेजमा बाराका एक विरामीको कोरोनाको रिपोर्ट आउनु अघी नै अन्तिम संस्कारका लागि शब दिएपछि निकै ठूलो विवाद भएको थियो । पछि मृतकलाई कोरोना पोजेटीभ देखिएपछि अस्पतालको जिम्मेवीमा गम्भिर प्रश्न उठेको थियो।

सरकारले परिक्षण गर्न चाहने सबै ब्यक्तिको पीसीआर टेस्ट गराउने प्रतिबद्धता जनाए पनि त्यसको विपरित महंगो शुल्कमा आरडीटी टेस्ट गरेर यो पटक पनि कलेजले सामाजिक उत्तरदायित्वलाई तिलाञ्जली दिएको छ। 



लोकप्रिय समाचार
नयाँ